April 19, 2024
मंसिर ३, २०७९

 श्रीराम अर्जुन 



राइगाउँ  \ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ बगेरीकी २२ वर्षिया विरता माझी अचेल पढाई सँगसँगै खेतीपातीमा व्यस्त छिन् । परम्परागत खेती गर्दै आइरहेको उनको परिवारले अहिले भने थोपा सिँचाई मार्फत दुईवटा टनेल भित्र गोलभेंडा लगाएकी छिन् ।

शिक्षाशास्त्रमा कक्षा १२ पास गरेकी विरता माझीको परिवारमा ४ जना रहेका छन् । बुबाहरु परम्परागत खेती गर्दै आइरहनु भएको थियो अहिले भने तालिम लिएपछि प्लास्टिकको टनेल भित्र गोलभेंडा, खुर्सानी, साग लगायतका अन्य तरकारीहरु लगाएको माझीले बताइन् ।

नारी सीप सिर्जना केन्द्रले सञ्चालन गरेको मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना अन्र्तगत विरता माझीले पानी ट्याङ्की, थोपा सिंचाई पाइप र टनेल प्लास्टिक सहयोग पछि उनी अहिले टनेल भित्र रसायनिक प्रयोग रहित गोलभेंडा र खुसार्नी लगाएकी छिन् ।

No description available.

आकाशे पानीको भरमा खेती गर्ने उक्त क्षेत्रमा थोपा सिंचाइबाट विरुवा हुर्काउन र उत्पादन गर्न सफल भएको माझी बताउछिन् । उनी मात्रै होइनन् सोही बगेरी क्षेत्रमा यमराज माझी, मनिका माझी, शिवराज माझी लगायत १६ परिवारले दुई वटा टनेलभित्र गोलभेंडा, साग, खुर्सानी, काउली उत्पादन गरिरहेका छन् । हामीले उत्पादित वस्तु घरमा प्रयोग गरिनुका साथै झुरझुरे बजारमा विक्री गरिने शिवराज माझीले बताए ।

No description available.

आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता पनि विस्तारै हट्दै रहेको यमराज माझीले बताए । यहि परियोजना अनुरुप बागमती नदिको पानीलाई ल्याएर ट्याङ्की मार्फत वितरण गरिने बताए । ४० हजार लिटरको ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टैनै करेसाबारी तथा टनेलभित्रका तरकारी खेतीलाई यस ट्याङ्कीले ठुलो राहत पुगेको यमराज माझी बताउँछन् । एक सय १२ घरधुरी लक्षित गरि निर्माण गरिएको ट्याङ्कीलाई परियोजनाले करिब १२ लाख लागतमा निर्माण गरेको हो । बागमती गाउँपालिकाको विभिन्न वडाहरुमा गाउँमै युवालाई स्वरोजगार बढाउने तथा सीप सिकाउने कार्य केन्द्रबाट भइरहेको छ ।

No description available.

बागमती गाउँपालिका वडा नम्बर २ टाँडीका जगतबहादुर पुलामीमगर खेती किसान गर्छन् । गतवर्ष टनेल निर्माण पछि टनेलभित्रै रमाउने उनी अहिले उत्पादित वस्तु विक्री गर्दै आम्दानीको स्रोत बढाएका छन् । खुल्ला आकाशमुनी तरकारी लगाउँदा र व्यवस्थित रुपमा खेती गर्दा धेरै फरक पर्ने भन्दै पुलामी भने ३० हजारको त मैले गोलभेंडा नै बेचे, अस्तिमात्रै ३ हजार साग राइगाँउको होटलमा बेचेको सुनाए । सामूदायिक छलफल केन्द्रमा श्रीमती छिन्, त्यहाँ केके सीप सिकेर आएर हामीले टनेल भित्र तरकारी लगाएको उनी बताउँछन् ।

No description available.

राईगाउँ नजिकबाट बागमती नदि बग्ने गरेता पनि नदिबाट उच्च भागमा खेतीयोग्य जमिन रहेकाले आकाशे पानीको भरमा खेती गर्छन् राईगाउँबासीहरु । मकै, कोदो, तोरी, धान लगायत तरकारीहरु उत्पादन गर्ने राइगाउँबासीहरु सिंचाईको भने अभावमा रहेका छन् । मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना अन्र्तगत राईटोलका ५५ घरधुरीलाई लक्षित गरि एक लाख लिटर पानी अट्ने सिंचाई ट्याङ्की निर्माणको अन्तिम चरणमा पुगेको छ । ट्याङ्की निर्माण समितिका अध्यक्ष कमल राई भन्छन्ः सिंचाई गर्न यस ट्याङ्कीले केहीहद सम्म भएपनि राहत पुग्ने बताए । ५५ घरको जग्गामा पाइपको माध्यमबाट पानी लगिने उनी सुनाउँछन् ।

उक्त ट्याङ्की निर्माणमा परियोजनाले  करिब ६ लाख लागतमा निर्माण गरेको नारी सीप सिर्जना केन्द्रका कार्यकारी निर्देशक चिरन्जिवी पौडेलले बताए । उनका अनुसार राइटोलमै इनार निर्माण गरि इनारबाट पानी ल्याएर १४ हजार लिटर पानी अट्ने ट्याङ्की मार्फत २५ घरधुरीलाई सिंचाईको लागि प्रयोग गरिने बताए । उक्त ट्याङ्की पनि निर्माणको अन्तिम चरणमा रहेको छ । उक्त ट्याङ्की करिब ८ लाख लागतमा निर्माण गरिएको हो ।

No description available.

बागमती गाउँपालिका वडा नम्बर ३ तीनभङ्गालेकी प्रभा कुश्वारको गोठमा वोयर प्रजातिको बोका छ । खोरमा खरी जातका बाख्रा पाल्दै आएकी प्रभा नारी सीप सिर्जना केन्द्रले बोयर प्रजातीको बोका सहित दुईवटा पाठा दिएपछि उनी हर्षोल्लास बनिन् । सामान्य रुपमा बाख्रा पाल्दै आएकी उनी बोयर बोका र अन्य पाठा भएपछि बाख्रा पाल्न थप उर्जा र लगनशील बनेको बताउछिन् ।

गाउँपालिकाले तीन नम्बर वडालाई बाख्रा पकेट क्षेत्र घोषणा गरेपनि उक्त क्षेत्रमा पहिले देखिनै बाख्रा पाल्ने दर्जनौ दिदीबहिनीहरु रहेको उनी सुनाउछिन् । केन्द्रले सामुहिक छलफल गर्दै बाख्रा पालनको सीपहरु सिकाउनुका साथै गाउँघरमै उद्यम गर्न उत्पेरणा दिएको सविना माझीले बताइन् । उनी भन्छिन्,ः हामी महिनाको २ पटक छलफलमा बस्छौ बाख्रा व्यवसा यबारे मात्र नभइन वैदेशिक रोजगार जानु अघि बुझ्नुपर्ने कुराहरु, मानवबेचविखन सम्बन्धी  छलफल, सुरक्षित वैदेशिक रोजगार र असुरक्षित वैदेशिक रोजगार कसरी छुट्टाउने भनी छलफल गर्ने गरेका छौं ।

यस क्षेत्रमा घरेलु हिंसा, असुरक्षित वैदेशिक्षक रोजगार जस्ता क्रियाकलाप हुन्थ्यो पहिले तर अहिले प्रत्येक घरघरमा जानकार भएकाले त्यस्तो घटना नभएको माझीले बताइन् । एक जना बहिनी वैदेशिक रोजगारमा जान लागेकी थिइन् हाम्रो छलफलमा बसेपछि उनलाई हामीले रोक्न सफल भएको वडा महिला सदस्य तथा गाउँ कार्यपालिका सदस्य समेत रहेकी भगवतीमाया माझीले बताईन् । उनले हामीलाई केन्द्रबाट जुन दुई वटा बाख्राका पाठीहरु र बोयर जातको बोका सहयोग गर्नुभएको छ आगामी दिनहरुमा यहाँका महिला दिदीबहिनीहरुलाई तरकारी खेती सम्बन्धी तालिम दिन सके गाउँमै स्वरोजगार तथा व्यवसायिक बन्ने सोच रहेको स्थानीय महिलाहरुको अपेक्षा रहेको छ ।

No description available.

माझी समुदायको ३० घरधुरी रहेको तीनभङ्गालेमा तोरी, मकै, धान उत्पादन हुने गर्दछ । गाउँपालिकाले बाख्रा पकेट क्षेत्र भनी घोषणा गरि पालिकाबाट बजेट छुट्याएको समेत छ । पालिकाका पशुप्राविधिकहरु तीनभङ्गालेमा उपचारका लागि नआउने भएकाले पशु उपचार तथा औषधि प्रयोगमा समस्या रहेको स्थानीयहरुको गुनासो रहेको छ । म आफैं कार्यपालिका सदस्य छु, पटक पटक फोन गर्दा वा यस क्षेत्रमा पशुप्राविधिक पठाउनु भन्दा पनि कसैले नसुनेको भगवतीमाया माझीले बताईन् ।

बागमती गाउँपालिका वडा नम्बर ४ झुरझरे पहरीटोल की ४० वर्षिया साहारा पहरीको दैनिकी खोरमा रहेका बंगुरको हेरचाहमै बित्छ । खेतबारीमा मकै धान लगाउने गरेको बताउदैं पहरीले भनिन्,ः नारी सीप सिर्जना केन्द्रले ४ वटा बंगुरको पाठा सहयोग गरेको थियो त्यहीँको स्याहारसुसार र दानापानीमा बिहान दिउँसो बित्ने गर्दछ ।
घरमा बाख्रा र केही कुखुरा समेत रहेकाले पशुचौपाया रेखदेखमा समय बित्ने गरेको उनी बताउछिन् । पहिला पनि बंगुर पाल्ने गरेता पनि थप ४ वटा भएपछि आम्दानीको स्रोत बढेको उनी बताउछिन् । विक्री गरेपछि पुनः साना पाठाहरु किनेर ल्याई पाल्ने योजना पहरीको रहेको छ ।

No description available.

साहारा पहरी सँगै ३२ वर्षिया सीतामाया  पहरीले पनि बंगुर पालेकी छिन् । उनी ठुलो भएपछि मासुको भाउमा कति आउँछ आएको पैसाले ४/५ वटा साना पाठा किन्ने र बाकीँ रहेको पैसाले घरखर्च चलाउने बताउछिन् । सोही टोलकी सुन्तली पहरीले पनि बंगुर पालनलाई निरन्तरता दिने बताउछिन् । सहयोग गर्ने संस्थालाई धन्यवाद दिदैं उनले साना पाठा किनेर पछिका दिनमा पनि पाल्ने योजना रहेको बताएकी छिन् ।

घरखर्च चलाउन थप आर्थिक सहयोग पुग्ने ५५ वर्षिया मैया पहरीले बताइन् । आफ्नो खेतीपाती नभएको यहीँ बंगुर पाल्ने घरखर्च चलाउने उनी भन्छिन् । सोहीटोलमा परियोजना अन्र्तगत श्रीमाया पहरी लगायत अन्य दिदीबहिनीहरुलाई बंगुरपाल्न हौसला प्रदान गरेको छ ।

मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रवद्र्धन परियोजनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महिला तथा युवावर्गले राहत पाएको परियोजना संयोजक ज्योति बम्जनले बताइन् । गाउँठाउँमै रहेर उद्यम तथा व्यवसायी बन्नका लागि आत्मनिर्भर रहन यस कार्यक्रमले थप उर्जा दिलाएको उनी बताउछिन् ।
यस परियोजनाले युवाहरुलाई स्वरोजगारमा लाग्न प्रेरणा मिल्नुका साथै प्रविधिमा रहेर तरकारी खेतीले आर्थिक पाटो बलियो बनाउन मद्दत पुगेको नारी सीप सिर्जना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाले बताइन् । हामीले मकवानपुरको बागमती र राक्सिराङ गाउँपालिकाका केही वडाहरुमो यस परियोजना कार्यक्रम गरेको अध्यक्ष बर्तौलाले बताइन् । आर्थिक स्तर कमजोर भएका युवाहरुलाई समेटी स्वरोजगार, सिर्जनशील र आत्मनिर्भर बनाउने र जोखिमबाट बचाउँने अभियानमा संस्थाले सहयोग गरेको अध्यक्ष बर्तौलाले बताइन् ।

No description available.

केन्द्रले स्वरोजगार बनाउन मात्र नभइ टोलटोलमा समूह बनाएर मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रवद्र्धनको लागि  टेवा पुग्ने गरी स्थानीय आवश्यकता, समस्या तथा समाधानको विषयमा सामूदायिक छलफल समेत गर्ने गरेको  सामाजिक परिचालक केबल विश्वकर्माले बताए । हामीले परियोजना लागु भएको वडाहरुमा एक जना सामाजिक सहजकर्ता राखेका छौं उहाँहरु मार्फत उक्त छलफलहरु हुने गरेको विश्वकर्माले बताए ।