सरकारले दुईवटा अध्यादेश ल्याउने तयारी अघि बढाएको छ । संवैधानिक परिषद् र सहकारीसम्बन्धीका दुईवटा अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । अध्यादेश जारी गर्न सरकारले सोमबार निर्णय गरेर राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो ।

सरकारले सिफारिस गरेका अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा विचाराधीन छ।   ‘राष्ट्रपति कार्यालयका सचिव महादेव पन्तका अनुसार अध्यादेशका सम्बन्धमा राष्ट्रपति पौडेल छलफलमै हुनुहुन्छ ।  कार्यालयका सचिव पन्थले नयाँ पत्रिकासँग भने, ‘सम्माननीयज्यू छलफल र परामर्शमै हुनुहुन्छ ।’