मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद दुलाल चयन भएका छन् । संस्थाको २९ औं वार्षिक साधारणबाट दुलाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा बालकुमारी दुलाल, सचिवमा मोतिराम छत्कुली, कोषाध्यक्षमा बिन्दा लामिछाने निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा भने लक्ष्मण दहाल, नानिमैया अधिकारी, अशोक स्याङ्तान, दीपा महर्जन, भगवती बजगाई रहेका छन् । सहकारीको लेखा समिति संयोजकमा राजेश अधिकारी र सदस्यहरुमा रन्जिता खड्का र मदन ढुङ्गाना चयन भएको निर्वाचन समितिका संयोजक सूर्य बहादुर गुरुङले बताए ।

संयोजक गुरुङको अध्यक्षतामा आइतबार निर्वाचित समितिलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष हिरामणि दहाल, सल्लाहकार नारायणप्रसाद न्यौपाने, चन्द्रप्रसाद दुलाल, निर्वाचन समिति सदस्यद्धय दीर्घबहादुर थापा, श्रीराम अर्जुन दहाललगायतको अतिथ्यता रहेको थियो ।

गत असोज २९ गते भएको वार्षिक सभामा १० औँ अधिवेसनको लागि कार्तिक ११ गते निर्वाचन कार्यतालिका अन्तरगत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका संयोजक गुरुङले बताए । अध्यक्ष पदमा मात्रै निर्वाचन गरिएको र अन्य पदमा निर्विरोध हुने गरि निर्वाचन कार्यक्रम गरिएको उनले बताए ।

२ लाख ३१ हजार चार सय शेयर पुजीँ रहेको सहकारीले आव २०८२\०८३ मा दुई करोड २७ लाख ५२ हजार १४० रुपैयाँको दुध खरिद गरि बिक्री गरेको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । सहकारीले दुध खरिद बिक्री सँगै बचत तथा ऋणको पनि कारोबार गर्दै आइरहेको छ ।