February 19, 2025
पुस २८, २०७८

 हेटौंडा \ मकवानपुरगढी ५ मा रहेको स्वरोजगार साना किसान कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा बुधबार भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष धनकुमारी खड्काको सभाध्यक्षतामा सभा भएको थियो ।

सहकारीले सभामा विभिन्न विधामा शेयर सदस्यलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा गाइपालनतर्फ भगवती बजगाई, तरकारी खेतीतर्फ लक्ष्मी सापकोटा, बाख्रापालनतर्फ सीता बास्तोला रहेका छन् । त्यसैगरी बचतकर्ता ऐच्छिकमा साइलीमाया सापकोटा, शेयर खरिदतर्फ शारदा चौलागाई, खुत्रुके बाल बचतमा रिसीका बर्तौला र दलित व्यवसायी विमला विक रहेका छन् । सहकारीले छोटो ऋणलिने ऋणी सरिता कंडेल र मध्यम ऋणलिने ऋणी लेकमाइ राईलाइ पुरस्कृत गरिएको थियो ।

एक हजार ५ जना शेयर सदस्य रहेको सहकारीको ७२ लाख ५९ हजार एक सय शेयरपुजीँ रहेको छ । एक करोड ७८ लाख ६१ हजार ८८३ बचत निक्षेप रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई ६ करोड ३५ लाख ८४ हजार कर्जा लगानी गरेको छ । सहकारीले पशुपालन, तरकारी, ग्रामीण उद्यम लगायतका अन्य कर्जा शीर्षकमा लगानी गर्दै आइरहेको छ ।

No description available.

सभामा वडा नम्बर ५ का वडा अध्यक्ष जीतबहादुर घिमिरे, साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय हेटौंडाका प्रबन्धक कृष्णकुमारी शर्मा, संस्थाको संस्थापक अध्यक्ष सुन्तलीमाया पुडासैनी,कार्यपालिका सदस्य चिनीमाया लुङ्वा, वडा सदस्य सुनमाया पाख्रीन, रमा परियार, श्रमिक साना किसान कृषि सहकारी संस्था मकवानपुरगढीका अध्यक्ष निर्मला लम्साल, महिला कल्याण साकोसका अध्यक्ष देवकी चौलागाई, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, साना किसान कृषि सहकारी संस्था भैसेंका अध्यक्ष सुमित्रा नेगी, संस्थाका सल्लाहकार थलनाथ घिमिरे, रामचन्द्र रेग्मी, लेखा समिति संयोजक संगीता हुमागाई, संस्थाका उपाध्यक्ष हिराकुमारी आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

2 thoughts on “स्वरोजगार साना किसानले ६ करोड ३५ लाख कर्जा लगानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *