January 13, 2025
मंसिर २३, २०७८

काठमाडौं \  अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती दिएको बताए । बेमौसमी वर्षाका कारण खर्बाैंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए ।

अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानी योग्य रकम (तरलता) रहेको भन्दै उनले तरलता समस्या भने रहेको बताए । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताए । यसमा पुँजीगत खर्च नहुनु पनि एउटा कमजोरी भएको बताए । तर, समग्रमा सरकारी खर्च गत वर्षको भन्दा २ प्रतिशतले बढी रहेको बताए ।

सरकार परिवर्तनपछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको उनले बताए । तर अब रफ्तारमा पुँजीगत खर्च हुने अर्थमन्त्रीको दावी छ ।

2 thoughts on “आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ, विकास खर्च रफ्तारमा बढ्छ : अर्थमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *