September 25, 2022
खवरसहकारी |  मंसिर २०, २०७८  | 

काठमाण्डाै \  केही दिनयता लगातार घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २२ अङ्कले बढेर दुई हजार पाँच सय ४६ दशमलव शून्य आठ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैंक, उत्पादन, फाइनान्स र बीमा समूहको शेयरमा राम्रो वृद्धि देखिएको छ ।

आज नेप्सेसँगै कारोबार रकम र सङ्ख्यामा पनि सुधार आएको छ । आज दुई सय २७ कम्पनीका ९४ लाख ७१ हजार कित्ता शेयर चार अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले र एक्सेल विकास बैंकको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जनउत्थान लघुवित्तको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published.