हेटौंडा \ हेटौंडा ११ नवलपुर स्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष आशाकुमारी अधिकारीको सभाध्यक्षतामा सभा भएको हो ।
सहकारीले आव २०८२\०८३ मा ३८ करोड १७ लाख ७५ हजार ८५१ रुपैयाँको कुल कारोबार गरेको छ । सहकारीले आफ्नो सदस्यलाई २० करोड ३८ लाख ५१ हजार ९६४ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् । तीन करोड ८१ लाख ३८ हजार एक सय शेयरपुजीँ रहेको सहकारीमा २८ करोड ९३ लाख १६ हजार ९६८ रुपैयाँ बचत निक्षेप रहेको उनले बताइन् । सहकारीमा एक करोड ७८ लाख ७५ हजार जगेडा कोषमा रहेको छ ।
सभाको अवसरमा सहकारीले विभिन्न विधामा शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । वर्षको उत्कृष्ट कर्मचारीतर्फ संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै, नियमित बचतकर्तातर्फ लक्ष्मी थापा मगर, अञ्जली क्षेत्री, सुनीमाया गुरुङ, पुतली सेती सिलवाल र कान्छीमाया मुक्तान, खुत्रुके बचतकर्तातर्फ सम्झना थापामगर, राधिका ज्ञवाली र ईश्वरी चौलागाईलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, शिक्षा बचततर्फ फूलमाया रुम्बा, जीवन सहारा बचततर्फ ठुलीमाया सिन्तान, बिना कुमारी श्रेष्ठ र कल्पना मिश्र, गहना बचतकर्तातर्फ मल्लिका महर्जनलाई पुरस्कृत गरिएको थियो । सभामा उत्कृष्ट ऋण कारोबार गर्ने तारादेवी कर्पौला, उर्मिला गुरुङ र कल्पना बानियाँ, उत्कृष्ट व्यवसायीतर्फ पार्वती बानियाँ, सीता भट्टराई र शर्मिला विश्वकर्मालाई पुरस्कृत गरिएको थियो । यसैगरी, वर्षभरि पानसमा बत्ति बाल्नेतर्फ ईश्वरी बर्तौला र आज भएको सभामा सहकारीको डे«स लगाउनेमध्ये उत्कृष्ट छनौट भई अप्सरा कार्की, रीता शिवाकोटी, अमृता न्यौपाने, निर्मला तिवारी र लक्ष्मी खनाललाई पुरस्कृत गरिएको थियो ।
सभामा प्रस्तुत भएका वार्षिक कारोबार र चालु आव २०८३\०८४ को प्रस्तावित अनुमानित बजेट सर्वसम्मतले पास समेत गरेको छ । सभामा संस्थाका सल्लाहकार, पदाधिकारी, लेखा समिति र शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

