हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सहकारीले सदस्यहरुलाई मध्येनजर राख्दै हेटौंडा १३ पदमपोखरी र हेटौंडा ४ बालकुमारी पार्टीप्यालेसमा साधारण सभा आयोजना गरेको थियो ।
पदमपोखरीमा संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षता तथा संस्थाका तदर्थ समितिका अध्यक्ष राममाया घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस्तै, बालकुमारीमा भएको सभामा संस्थाका उपाध्यक्ष दीपा थापाको सभाध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष लक्ष्मी थिङको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीमा आव २०८२८३ मा ९३ करोड ६३ लाख ५७ हजार ३४२ रुपैयाँको कूल सम्पति रहेको छ । ६ हजार तीन सय ९५ शेयर सदस्य रहेको सहकारीले सदस्यहरुलाई ५३ करोड ३९ लाख ९१ हजार १८६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताइन् । सात करोड १२ लाख ७ हजार चार सय शेयर पुजीँ रहेको संस्थामा ७० करोड ९५ लाख २२ हजार ९०९ रुपैयाँ बचत निक्षेप रहेको मोक्तानले बताईन् ।
चार करोड ५१ लाख ४४ हजार ४२३ जगेडा कोष रहेको सहकारीमा कूल संस्थागत पुजीँ भने चार करोड ८८ लाख ४२ हजार ५८५ रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


