March 29, 2024
मंसिर १६, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २४५ अंकको, जीवन बीमा समूहमा २३० र विकास बैंक समूहमा १८९ अंकको गिरावट आएको छ । यस्तै, आज उत्पादनमूलक १४५ अंकले, वित्त समूहमा ७५ अंक, होटल र टुरिजम समूहमा ६२ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *