मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका-५ सिमलटारमा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभा विहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिरामणि दाहालको सभाध्यक्षतामा भएको सभालाई जेष्ठ शेयर सदस्य देवीप्रसाद घिमिरेले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका थिए ।
दुध संकलन र बजारीकरण गर्दै आइरहेको सहकारीले विभिन्न विधामा किसानलाई पुरस्कृत गरेको छ । पाँच हजार लिटर भन्दा बढी दुध बिक्री गर्ने अशोक स्याङ्तान, मानबहादुर बस्नेत, रादिका छत्कुली, लक्ष्मण दहाल, नारायणप्रसाद न्यौपाने, यट बहादुर बस्नेत, हर्क बहादुर दाहाल, प्रेमप्रसाद दुलाल(ख), मान बहादुर बस्नेत, रामचन्द्र लम्साल, सोमप्रसाद दुलाल, विष्णुप्रसाद अधिकारी, सावित्री दहाल, यज्ञप्रसाद तिमल्सिना, गोमा मोक्तान, लेखनाथ ढुङ्गाना, राजकुमार अधिकारी र कुमार स्याङ्तानलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो ।
सहकारीले नियमित दुध बिक्री गर्ने पवन महर्जन, सरसफाइ दुध विक्रीगर्ने सुकुमाया लो र गुणस्तर दुध बिक्री गर्ने कृष्णप्रसाद घिमिरेलाई क्यान सहित पुरस्कृत गरिएको थियो । सभामा नियमित बचततर्फ पदमबहादुर थापा, असल ऋणीतर्फ अस्मित अधिकारी र नियमित दुध खरिद गर्ने न्यू सामरी दुध खरिद बिक्री केन्द्रलाई पुरस्कृत गरिएको थियो । साथै जेष्ठ शेयर सदस्यतर्फ प्रेमप्रसाद दुलाल(क)लाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

२ लाख ३१ हजार चार सय शेयर पुजीँ रहेको सहकारीले आव २०८२\०८३ मा दुई करोड २७ लाख ५२ हजार १४० रुपैयाँको दुध खरिद गरि बिक्री गरेको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । संस्थाका १० औँ अधिवेसन समेत रहेकाले आगामी कार्तिक ११ गते सूचना टाँस गरी नयाँ कार्यसमिति चयन गरिने निर्वाचन समितिका संयोजक सूर्यबहादुर गुरुङले बताए ।
सभामा केन्द्रीय दुग्ध सहकारी संघका सदस्य विदुर हुमागाई, वडा अध्यक्ष दिपेश दहाल, मकवानपुरगढी गाउँपालिकाका सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ, संस्थाका पूर्व अध्यक्ष इन्द्रबहादुर बस्नेत, लिलानाथ अधिकारी, दीर्घ बहादुर थापा, भीमसेन अधिकारी, देवकुमारी विष्ट,संस्थापक व्यवस्थापक बद्रीप्रसाद अधिकारी, सल्लाहकार यज्ञप्रसाद तिमल्सिना, नारायणप्रसाद न्यौपाने, जिल्ला दुग्ध सहकारी संघका सदस्य सरिता तिमल्सिना, तीलगंगा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रादिका छत्कुली, सिमलटार टोल विकास संस्थाका अध्यक्ष विष्णुकुमारी बजगाई, लेखा समिति संयोजक मोतिराम छत्कुलीलगायतको आतिथ्यता रहेको थियो ।


