मकवानपुरगढी \ मकवानपुरगढी ५ खैरेनीमा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खडानन्द चौलागाईको सभाध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकालको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा सहकारीले विभिन्न विधामा सदस्यलाई पुरस्कृत गरेको छ । सहकारीले असलऋणीतर्फ पिताम्बर हुमागाई र सुष्मा विश्वकर्मा, उत्कृष्ट बचतकर्तातर्फ अन्जना दहाल र राजन फुयाँल, जेष्ट शेयर सदस्यतर्फ रामबहादुर थिङ, एकल महिला सदस्यतर्फ सेतीमाया भुलनलाई पुरस्कृत गरिएको थियो ।सहकारीले पूर्व अध्यक्ष सुनमाया पाख्रीनलाई सम्मान गरेको थियो । त्यस्तै, समूहतर्फ प्रथम देउराली आयआर्जन समूह, द्धितीय हिमचुली आयआर्जन समूह, तृतीय जनज्योति आयआर्जन समूह र सान्त्वता अन्नपूर्ण आयआर्जन समूहलाई नगद सहित पुरस्कृत गरिएको संस्थाका सचिव राजन घिमिरेले बताए ।

४८१ शेयर सदस्य रहेको सहकारीले आव २०८२\०८३मा सदस्यलाई दुई करोड १३ लाख ४३ हजार ५४९ रुपैयाँ कर्जा लगानी गरेको छ । २२ लाख ११ हजार ६ सय शेयरपुजी रहेको संस्थामा २ करोड ६ लाख ११ हजार ८५५ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक दीर्घबहादुर थापाले बताए । संस्थाको जगेडा कोषमा १५ लाख ५८ हजार सात सय रुपैयाँ रहेको उनले बताए ।
सभामा महिला कल्याण साकोसका अध्यक्ष पार्वती फुयाँल, कार्यपालिका सदस्य तथा तारापुञ्ज महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष नन्दकुमारी विश्वकर्मा, संस्थाका निवर्तमान अध्यक्ष श्रीराम अर्जुन, पूर्व अध्यक्ष थलनाथ घिमिरे, सुनमाया पाख्रीन, जनजागृति बहुउद्देश्यीय सहकारीका अध्यक्ष हिरामणि दहाल, चन्द्रसुर्य दुग्ध उत्पादक सहकारीका अम्बर बहादुर तिमल्सिना, लालिगुरासँ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यसोदा घिमिरे, संस्थाका लेखा संयोजक चण्डिका पौडेललगायतको आतिथ्यता रहेको थियो ।


