हेटौंडा \ हेटौंडा १२ पान्तलेमा रहेको आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोममाया मोक्तानको सभाध्यक्षतामा सभा भएको थियो ।
सहकारीको आव २०८२\०८३ मा कुल सम्पति ८ करोड २२ हजार ६५८ रुपैयाँ रहेको छ । एक हजार ७०२ जना शेयर सदस्य रहेको संस्थाले सदस्यलाई ५ करोड ५९ लाख १० हजार कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक गीताकुमारी पौडेलले बताइन् । ८२ लाख ६० हजार पुजीँ रहेको संस्थामा ५ करोड ७९ लाख ८७ हजार ६९४ रुपैयाँ बचत रहेको छ । संस्थाको जगेडा कोषमा भने ४९लाख २९ हजार ८११ रुपैयाँ रहेको पौडेलले बताइन् ।
सभाकै अवसरमा विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । जेष्ठ नागरिक तर्फ लक्ष्मीदेवी खतिवडा र फूलमाया घलान, असल ऋणीतर्फ छुनु मुक्तान र पार्वती ढुङ्गाना, असल बचतकर्तातर्फ मुना केसी र सुशीला मिजारलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, खुत्रुके बचततर्फ गीता हुमागाई, एकल महिला सदस्यतर्फ तोकमाया घलान र शान्ती थिङलाई सम्मान गरिएको थियो ।


