साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। हिजो सोमबार ११ अर्ब ९७ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो। आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर खरिद–बिक्री हुँदा १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँबराबरको कारोबार भएको छ।

सेन्सेटिभ इन्डेक्स ०.४४ अंक, फ्लोट इन्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४१ अंकले बढेको छ। रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ५६ करोड ३७ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ।