काठमाडौं \ नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । ८८ दिने अवधिका लागि खिच्न लागिएको उक्त रकमको परिपक्व अवधि १० जेठ २०८३ मा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड तथा बढीमा सबै रकमसम्म निक्षेप जम्मा गर्न बोलकबोल गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले चाहेको ब्याजदर र जम्मा गर्ने निक्षेप रकम बोलकबोलबाट निर्धारण हुन्छ ।

कम ब्याजदरलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले रकम लिने गर्दछ । अघिल्लो दिन मात्रै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अर्धवार्षिक समीक्षा गर्दै नीतिगत दरहरुलाई यथावत राखेको छ ।