काठमाडौं \ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार स्थिर देखिएको छ । कारोबारको पहिलो समयमा बढेको नेप्से सूचक बन्द हुँदा स्थिर भएको हो ।
यो साता आइतबार १०.२४ अंक घटेको नेप्से सूचक सोमबार २६.०५ अंक घटेको थियो । त्यसैगरी मंगलबार १०.२५ अंक घटेको नेप्से बुधबार ०.०४ अंक घटेको हो । तर, बुधबार नेप्सेको कारोबार रकममा भने केही सुधार आएको छ ।

