ललितपुर \ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमन गरेजस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि सहकारीको नियमन गनुपर्ने आवश्यकता औँल्याएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवको अवसरमा प्राधिकरणले बुधबार आयोजित कार्यक्रममा उनले बैंकहरुको कार्यक्षेत्रजस्तै हुनेगरी सहकारीहरु सञ्चालन हुन थालेपछि सहकारीमा समस्या आएको हो भन्दै राजकीय हैसियतमा भएका व्यक्तिहरुले नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।

“अन्धाधुन्ध बचत सङ्कलन गर्न थालेपछि सहकारीमा समस्या आएको हो, वाणिज्य बैंकको अधिकृत पुँजीभन्दा बढी एउटा सहकारीले बचत सङ्कलन गर्दा त्यतिकै छोड्नु हुँदैनथ्यो, तत्कालीन सरकारले ध्यान दिनुपथ्र्यो, अहिले करोडौँ बचतकर्ता सडकमा आउनुपर्ने अवस्था हुँदैनथ्यो, तसर्थ राज्यको मातहतमा रहेका सबैको जिम्मेवारी राज्यले लिनुपर्छ, नेपालको अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ”, मन्त्री इङ्नामले भने ।