
हेटौंडा \ हेटौंडा –११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार भएको छ ।
हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुख अतिथ्यतामा भएको सभामा उपमेयर मिना लामाको विषेश अतिथ्यता रहेको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यलाई १९ करोड ८७ लाख ८१ हजार ७०५ कर्जा लगानी गरेको छ भने संस्थामा २१ करोड ११ लाख ६९ हजार ३१८ बचत निक्षेप रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारीमा १,८९३ जना शेयर सदस्यको ३ करोड ७६ लाख ९६ हजार एक सय शेयरपुजीँ रहेको छ ।
सहकारीले शेयर सदस्यलाई बचत कर्जा, हायर पर्चेज, आवास, शैक्षिक, व्यवसायिक कृषि, व्यक्तिगत, वैदेशिक रोजगारी, साना व्यवसाय, लघु कृषि र टोल विकास कर्जाको शिर्षकमा लगानी गर्दै आइरहेको संस्थाका व्यवस्थापक नन्दलाल श्रेष्ठ(राजेश)ले बताए ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङ्गाना, बागेश्वरी महिला साकोसका अध्यक्ष आशा कुमारी अधिकारी, संस्थाका सल्लाहकार दीपक उप्रेती, वडा नम्बर ११ का टोल विकास समन्वय समितिका अध्यक्ष देवकुमार श्रेष्ठ, महालक्ष्मी विकास बैंक हेटौंडामा प्रमुख शम्भुप्रसाद पुडासैनी लगायतको अतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष हिमप्रसाद पौडेललको सभाध्यक्षतामा भएको थियो । सहकारीको सभाले आजै नयाँ कार्यसमिति पनि चयन गरिने जनाइएको छ ।