September 25, 2022
खवरसहकारी |  अशोज १४, २०७८  | 

हेटौंडा /  हेटौंडा निशुल्क मुटुरोग शिविर र संचालन हुने भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग विशेषज्ञबाट १६ गते शनिबार शिविर हुने भएको हो । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले विहीबार पत्रकार सम्मेलन गर्दै शिविरबारे जानकारी गराएको थियो ।

शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा ७ जना डाक्टर र ४ जना प्राविधिकहरु सहित ११ जनाको टोली शिविरमा उपचार गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डण्ट डा. रामचन्द्र सापकोटाले बताए । उनले करिब पाँच सय जनालाई उपचार गर्ने अपेक्षा रहेको बताएका थिए ।

निशुल्क शिविरका लागि टिकटदेखी इसिजी, ईको, प्रसेस सुगर, एक्सरे र आवश्यक परेमा रगतको पनि निशुल्क सेवा प्रदान गरिने डा. सापकोटाले बताए ।

लाभग्राहीको लागि मकवानपुरका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा सँगको सहकार्यमा सेवा प्रदान गरिनुका साथै मुटुरोगको परिक्षणसंगै ल्यावमा परिक्षण, औषधि समेत निशुल्क उपलब्ध गराइने प्रतिष्ठानका सदस्य उत्सव चौलागाईले बताए ।

प्रतिष्ठानमा इको गर्ने मेशिन नभएकाले बाँसबारीबाटनै डाक्टरहरुको टोलीले ५ वटा इसिजी मेशिन र १ वटा इको मेशिन ल्याई उपचार गरिने अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए । उनले एक वर्ष भित्र मुटु सम्बन्धी दैनिक उपचार गरिने बताउदैं अब हरेक शनिबार क्यान्सर र मुटुको उपचार अस्पतालमा नै गरिने तयारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published.