हेटौंडा \ हेटौंडा ५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाले शनिबार २१ औं वार्षिक साधारण सभा गरेको छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आचार संहिता लाग्ने भएकाले आचारसंहिता पालना गर्दै सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत र विभिन्न विधामा सम्मान गरि सदस्यहरुको उपस्थितीमा सभा गरिएको थियो ।
पूर्व निर्धारित कार्यक्रम भएकाले मकवानपुरको मुख्य निर्वाचन अधिकृतले आइतबारबाट हुने सबै सभा सम्मेलन स्थगन गर्न आग्रह गरेका छन् भने शनिबारका कार्यक्रमहरु भने आचारसंहिता पालना गर्दै सामान्य रुपमा सभा गरिएको संस्थाका कामु व्यवस्थापक प्रकाश खनालले बताए ।
सहकारीले २९ करोड २३ लाख ३ हजार ९६८ रुपैयाँको कारोबार गरेको छ । ३ करोड२१ लाख ७७ हजार ४ सय शेयर पुजीँ रहेको सहकारीले सदस्यहरुलाई २४ करोड २ लाख ५० हजार ३५६ रुपैयाँ कर्जा लगानी गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
सहकारीले सभाको अवसरमा १५ जना जेष्ठ शेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, उत्कृष्ट छात्रछात्राहरु र उत्कृष्ट कर्मचारीमा कामु व्यवस्थापक प्रकाश खनाललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष जानकी चौधरीको सभाध्यक्षतामा भएको सभामा वडा ५ का अध्यक्ष सुशील घिमिरे, संस्थाका पूर्व अध्यक्ष पुर्णबहादुर खनाल लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो । निर्वाचनको आचारसंहिताले गर्दा सामान्य रुपमा सभा गरिएको संस्थाका अध्यक्ष चौधरीले बताइन् ।