
हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १५ मा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाले आव २०७८/०७९मा ३४ करोड ८६ लाख ५९ हजार ७२३ रुपैयाँ बराबरको कारोबार गरेको छ । शुक्रबार २२ औं वार्षिक साधारण सभा गर्दै सहकारीले आफ्नो आर्थिक तथा समाजिक वार्षिक कार्यप्रगति प्रतिवेदन पेश गरेको थियो ।
सहकारीले ६० लाख ३७ हजार ४५५ रुपैँया खुद नाफा गरेको छ । ३ करोड १८ लाख १६ हजार तीन सय शेयरपुजीँ रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई २९ करोड ८ लाख ९८ हजार ३०१ रुपैयाँ ऋण लगानी गरेको संस्थाका व्यवस्थापक सावित्री रुम्बाले बताइन् । उनले सहकारीमा असारमसान्त सम्ममा बचत निक्षेप २४ करोड ८८ लाख २१ हजार ५०८ रुपैयाँ रहेको बताइन् ।
संस्थाका अध्यक्ष जानुका दुवाडीको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरकी मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो । सभामा वडा अध्यक्ष सुनील मोक्तान, जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
सभाको अवसर पारी सहकारीले विभिन्न विधामा सम्मान गरेको छ ।
सहकारीले समूहतर्फ लालुपाते महिला समूह, मिलनसार महिला समूह, जागृति महिला समूह, सुनौलो विहानी महिला समूहलाई सम्मान गरिएको थियो । त्यस्तै, जेष्ठ शेयर सदस्य तर्फ आइतीमाया प्रजा, मानमाया रुम्बा, हरिमाया सुनार, शक्तिदेवी घलान, शान्तिकुमारी स्याङ्तान, ठुलीमाया मुक्तानलाई सम्मान गरिएको हो ।
सहकारीले असल ऋणीतर्फ सम्मानित हुनेमा सुवास कुमार घलान, शान्ती स्याङ्तान, विष्णुमाया बज्यु, सरस्वती लामा र सुनिता थिङ रहेका छन् । त्यस्तै, नियमित बचत गर्ने तर्फ सानुमाया प्रजा, सानुमाया दोङ, बविता माया मुक्तान, मनमाया तामाङ रहेका छन् । ऐच्छिक बचततर्फ कान्छीमाया दोङ, सपना स्याङ्तान, लक्ष्मी सिंतान, रोसिका ओली र शान्ति स्याङ्तानलाई सम्मान गरिएको थियो ।
सभाकै अवसरमा खुत्रुके बाल बचततर्फ अभ्यास क्षेत्री र सुहान अधिकारी र अशक्त शेयर सदस्य फुलमाया लो, कुमारी मोक्तान र कृष्णमाया मोक्तानलाई सम्मान गरिएको थियो । सहकारीले संस्थापक अध्यक्ष लिलामाया थिङ, पुर्व अध्यक्ष मञ्जुकुमारी थिङ, निवर्तमान अध्यक्ष कुमारी श्रेष्ठ र कोषाध्यक्ष विनिता बज्युलाई प्रमाणपत्रका साथ सम्मान गरिएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरको सहकारी महाशाखा प्रमुख गंगा चौलागाई, महिला मिलन साकोसका अध्यक्ष विष्णुमाया लामा, भुटनदेवी साकोसका अध्यक्ष चमेली सिंजालीमगर, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुनका कार्यक्रम संयोजक विदुर खड्का, महिला जनशक्ती साकोसका सचिव कमला कुमारी तामाङ, ग्रामिण महिला सेवा केन्द्रका सदस्य लक्ष्मी थिङ, दिव्य निकेतन आश्रमका अध्यक्ष तेजराम निरौलालगायतको आतिथ्यता रहेको थियो ।
free samples of priligy Comparatively, myers jb, depression, but, sarchielli e
cost cytotec for sale Later, it was found that the drug required an ester with a longer half life, resulting in Deca Durabolin, whose ester is decanoate