September 25, 2022
खवरसहकारी |  साउन १, २०७९  | 

हेटौंडा \ सनराइन बैंकले हेटौंडामा सनराइन मेहेन्दी उत्सव २०७९ कार्यक्रम आयोजना गरेको छ । श्रावणमा मेहेन्दीले सजाऔं हात सनराइज बैंकको साथ भन्ने भावका साथ मेहेन्दी कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

हरेक वर्ष बैंकले श्रावण महिना भर  सेवाग्राहीलाई मेहेन्दी कार्यक्रम गर्दै आइरहेको छ । बैंकले उपत्यकाका विभिन्न शाखाहरु सहित देशभरका विभिन्न शाखाहरुमा विभिन्न मितिहरुमा मेहेन्दी कार्यक्रम गरिने जनाइएको छ ।

हेटौंडा शाखामा मेहेन्दी कार्यक्रममा ४२ जनाले सहभागिता जनाएको बैंकले जनाएको छ । विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा मेहेन्दी कार्यक्रम गरिएको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published.