March 21, 2023
खबर सहकारी

सनराइज बैंकले नवीनतम् बैंकिङ सुविधा भित्र्याउने क्रममा कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ ।सन् २०१० मा सीएनएन हिरोज अवार्ड तथा २०१७ मा पद्म पुरस्कारबाट सम्मानित समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरी बैंकले उक्त कार्डको शुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कस्टमाइज फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका थिए । आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रविधिमा कार्डको अग्रभागमा फोटो प्रिन्ट गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई सजिलै आफ्नो फोटो कार्डमा राखी रिक्वेस्ट सबमिट गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *