हेटौंडा \ हेटौंडा १० मा रहेको यातायात व्यवसायी उपभोक्ता सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष किरण पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा सभा भएको हो ।

सभामा बोल्दै मेयर लामाले यातायात क्षेत्रका लागि उपमहानगरले साथ सहयोग गर्ने बताउदैं तौलपुल, अटोभिजन लगायतका यातायातका क्षेत्रहरुमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सभामा अध्यक्ष पौडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केसी, ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, नारायणी यातायात कम्पनीका अध्यक्ष गोकर्ण पराजुली, पूर्व अध्यक्ष प्रमोद सिं रानाभाट, सिप्रदी अटो पार्टसका प्रबन्धक युवराज बुढाथोकी, नारायणी पेट्रोलियम पदार्थ एशोसिएसनका अध्यक्ष उत्सव इटेनी, शेयर सदस्य बद्रीप्रसाद चौलागाई, सहकारीका कोषाध्यक्ष रामप्रसाद घिमिरे, पत्रकार प्रताप विष्ट लगायतले आफ्नो भनाइ राखेका थिए ।

No description available.

कार्यक्रममा संस्थापक अध्यक्ष सुमनलाल श्रेष्ठ, संस्थापक सचिव सरोज खनाल, कानुनी सल्लाहकार मुकुन्दप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।

यातायात व्यवसायीहरु मिलेर सञ्चालन गरेको यस संस्थाले टायर, लुम्ब्रिकेन्ट, पार्टस् र पेट्रोलियम पदार्थ विक्री गर्ने गर्दछ । १९४ जना शेयर सदस्य रहेको सहकारीको पुजीँ भने ६ करोड ९० लाख ६६ हजार ८ सय रहेको छ ।