
हेटौंडा \ आफ्नो संस्था स्थापना दिवसको अवसरमा सहकारीमा बचत गर्ने जोडीलाई सम्मान गरेको छ । हेटौंडा उपमहानगर वडा नम्बर १२ मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं स्थापना दिवस मनाइएको छ । सहकारीमा उत्कृष्ट बचत गर्ने पाँच जोडीलाई सम्मान गर्दै दिवस मनाएको हो ।
वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष यसोदा पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा फुलमाया र नवराज घलान, सावित्रा र रमेश घलान, थममाया थापा र मनोज लामा, सीता लामा र जोकलाल बल, जमुना कुमारी चापागाई र रामचन्द्र अधिकारीलाई दोसल्ला, प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो ।
दिवस कार्यक्रममा वडा सदस्य तथा संस्थाका उपाध्यक्ष रुक्मिणी गोङ्वा, लेखा समिति संयोजक आँचला शर्मा, व्यवस्थापक सुशीला वाईवा तथा पदाधिकारी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सहकारीले चैत्र मसान्त सम्म ३० करोड ८४ लाखको कारोबार गर्दै २७ करोड ५० लाख ऋण लगानी गरेको छ । चार हजार ६२१ शेयर सदस्य रहेको संस्थाको पुँजी भने २ करोड ७१ लख रहेको संस्थाका व्यवस्थापक सुशीला वाईवाले बताइन् । संस्थामा बचत निक्षेप रक मभने १८ करोड ५० लाख रहेको छ ।
where to buy priligy in usa Harry aOOVkAsoLOxqDj 5 29 2022
lithium and lapatinib both increase QTc interval buy cheap cytotec prices