हेटौंडा \ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ मकवानपुरगढी गाउँपालिकाले ६५ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । वडा नम्बर ६ भालुखोलामा दिवस सभा आयोजना गर्दै दिवस मनाएको हो ।

वडा नम्बर ५ धादिङ बजार र वडा नम्बर ६ गुर्दम खोलाबाट ¥याली प्रदर्शन गर्दै विभिन्न नारा लगाउदैं दिवस कार्यक्रम भएको थियो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

दिवसको अवसर पारेर मकवानपुरगढीमा जन्मिएर सहकारी क्षेत्रको विभिन्न ठाउँमा प्रतिनिधित्व गर्दै सहकारी अभियानमा अग्रसर प्रदेश सहकारी वोर्डका उपाध्यक्ष, केन्द्रीय दुग्ध उत्पादक सहकारी महासंघका अध्यक्ष, केन्द्रीय सहकारी महासंघका सदस्य, जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका नारायण प्रसाद लम्साल, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष, केन्द्रीय सहकारी महासंघका पुर्व सदस्य बद्री प्रसाद लम्साललाई सम्मान गरिएको थियो ।

No description available.

गाउँपालिकाभित्र रहेका विभिन्न उद्देश्य बोकेका सहकारीलाई समेत सम्मान गरिएको थियो । सम्मान पाउने सहकारीमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था, श्रमिक साना किसान कृषि सहकारी संस्था, अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था, तिलगंगा बहुउद्देश्यीय सहकारी संस्था, महिला आवाज साकोस, महिला कल्याण साकोस, जागरण साकोस, सृजनशील समाज साकोस रहेका छन् ।

No description available.

गाउँपालिकामा विभिन्न कृषिकर्म तथा पशुकर्म गर्ने किसानलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लालकुमारी अधिकारी, केदार पुडासैनी, सरोज पाठक, लक्ष्मीकुमारी सापकोटा, गणेश सापकोटा, सुजन पुडासैनी, भवनाथ दाहाल, श्याम सुन्दर तिमल्सिना, सुभद्रा घिसिङ, टंकप्रसाद ढुङ्गेल, सुरेश घलान र छिरिङ योन्जन रहेका छन् ।

No description available.

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, सहकारी संघ जिल्ला अध्यक्ष नारायण प्रसाद देवकोटा, बद्री प्रसाद लम्साल, वडा अध्यक्षहरु बखान सिं पाख्रीन, भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, जीतबहादुर घिमिरे, टिका प्रसाद दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, उपाध्यक्ष मिना चौरेल, दिवस कार्यक्रमका संयोजक अर्जुन प्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि सहकारी संघ प्रदेश सदस्य निर्मला लम्साल, विशिष्टकृत सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद हुमागाई, बचत तथा ऋण सहकारी पालिका संजालका संयोजक कृष्ण बहादुर विडारी, समाजसेवी तथा सहकारी अभियान्ता बलराम घिमिरे, सहकारी शाखा प्रमुख रामप्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

¥याली उत्कृष्ट प्रदर्शन गर्ने सहकारी संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । ¥याली उत्कृष्ट प्रदर्शन गर्ने सहकारीमा श्रमिक साना किसान कृषि सहकारी संस्था, महिला आवाज साकोस, श्रमिक दुग्ध उत्पादक सहकारी संस्था र महिला कल्याण साकोस रहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.