हेटौंडा \ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ बागमती प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८ हेटौंडामा मनाइएको छ । हेटौंडा ४ स्थित भुटनदेवी माविको प्राङगणबाट विभिन्न सहकारीका नारा लगाउदैं बजार परिक्रमा गरिएको छ ।
प्रदेश सरकारका सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, मुल समारोह संयोजक तथा प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा सहित विभिन्न विषयगत सहकारी संघका जिल्ला अध्यक्ष, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा समिति, शेयर सदस्य र कर्मचारीले आफ्नो सहकारीका व्यानर बोकेर ¥यालीमा सहभागिता जनाएका थिए । रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भई विभिन्न पुरस्कार तथा सम्मान गरिने कार्यक्रम रहेको छ ।
हेर्नुस् फोटोमा सहकारी दिवस
तस्विर श्रीराम अर्जुन