October 10, 2024
फाल्गुन १२, २०७८

काठमाडौं \ स्मार्टफोन ब्राण्ड सामसङ्गले बुधबारदेखि नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस२२ मोबाइलहरु बजारमा ल्याएको छ ।

ग्यालेक्सी एस२२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ । आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामराहरु रहेका छन् ।

पहिलो पटक, ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगैं ल्याएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिन भन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ ।

ग्यालेक्सी एस २२ सिरिजक कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेयर गर्ने योग्यताहरुका साथ डिजाइन गरिएको छ ।

ग्यालेक्सी एस २२ अल्ट्राः सामसङ्गद्वारा प्रस्तुत हालसम्मकै सर्वाधिक शक्तिशाली फोन 

ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन हामीले निर्माण गरेको मध्ये अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ एस पेन हो । ७० प्रतिशत कम बिलम्बताका साथ  एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी स्वभाविक रुपमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सकिन्छ । एस पेनका साथ एस २२ अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *