हेटौंडा \ हेटौंडा ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको कूल पुजीँ ६४ करोड ४६ लाख ७० हजार ९६७ रुपैयाँ रहेको छ । शनिबार सम्पन्न सहकारीको २७ औँ वार्षिक साधारण सभामा प्रस्तुत आव २०८२\०८३ को वार्षिक प्रतिवेदनमा सहकारीले सदस्यहरुलाई ४६ करोड ३६ लाख १५ हजार ६८० रुपैयाँ कर्जा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ । ५६ करोड २७ लाख ४१ हजार १५३ रुपैयाँ बचत निक्षेप रहेको सहकारीमा पाँच करोड २४ लाख ५८ हजार तीन सय शेयरपुजीँ रहेको छ । सहकारीमा ६ हजार ९२२ जना शेयर सदस्य आवद्ध रहेका कामु व्यवस्थापक सुशील सुवेदीले बताए ।
सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई पुरस्कृत तथा सम्मान गरेको थियो । सहकारीले मासिक बचततर्फ हीरामाया साखी क्षेत्री, भागिरथि शर्मा र कृष्णबहादुर थापामगर, बाल बचततर्फ सुदुष्टि सिग्देल, प्राव्यान हुमागाई र सिरमन थिङ, दैनिक बचततर्फ गजेन्द्र कुमार खनाल, श्रीमाया घलान र छविलाल शर्मा, असल ऋणीतर्फ कृष्णहरि खतिवडा, नानुमाया राई र प्रदीप ओझालाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट सदस्यतर्फ सरिता चौलागाई, आवधिक बचततर्फ तोरण कुमारी सुवेदी, लखपति बचततर्फ सिर्जना घिमिरे, संस्थालाई योगदान पुराउनेतर्फ रामहरि सापकोटा, संरक्षित पुजीँ फिर्ता कोषतर्फ चन्दा क्षेत्री, पत्रकार बालकृष्ण अधिकारी, कानूनी सल्लाहकार ध्रुवप्रसाद चौलागाई, उत्कृष्ट कर्मचारी ऋण सहायक शोभिता अधिकारीलाई सम्मान गरिएको थियो । सभामा एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने २९ जनालाई पुरस्कृत गरिएको थियो ।
एकैदिन सदस्य बनेका ५ जना दम्पतिलाई पनि सभाको अवसरमा सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामराज उप्रेती र पार्वती उप्रेती, कौशिला सुनार र सञ्जिव रसाईली, रुद्रप्रसाद खतिवडा र अम्बिका खतिवडा, धर्मराज पुडासैनी र सलिना ढुङ्गेल, रिद्धीराज अर्याल र लक्ष्मीदेवी अर्याल रहेका थिए ।
संस्थाका अध्यक्ष राजु वाईवाको सभाध्यक्षता तथा संस्थापक सदस्य कुलप्रसाद त्रिपाटीको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, संस्थापक अध्यक्ष रामशरण गौतम, संस्थाका उपाध्यक्ष खडानन्द चौलागाई, लेखा संयोजक विष्णुप्रसाद अर्जेल, तासिर अंग्रेजी माध्यामिक विद्यालयका प्रिन्सीपल विनोद थपलिया, संस्थाका कामु व्यवस्थापक सुशील सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।


