मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संघको २८ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष शान्ति स्याङ्तानको सभाध्यक्षता तथा जिल्ला बचत संघका उपाध्यक्ष मिना चौरेलको आतिथ्यतामा सभा भएको थियो ।

साधारण सभामा उत्कृष्ट कारोबार गर्ने पिप्ला डिम्डुङ र प्रसन्न घिमिरेलाई पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक बाटुकुमारी योन्जनले बताइन् । उनका अनुसार नियमित बचत समूहतर्फ कोपिला महिला बचत समूह, बाँसपानी महिला बचत समूह, नवजागरण महिला बचत समूह र रोमी महिला बचत समूहलाई समेत पुरस्कृत गरिएको बताइन् ।

सहकारीले आव २०८२\०८३ मा सदस्यहरुलाई ८ करोड ८६ लाख कर्जा लगानी गरेको व्यवस्थापक योन्जनले बताइन् । एक करोड १७ लाख ८१ हजार शेयरपुजीँ रहेको सहकारीमा ८ करोड ६२ लाख ८१ हजार १७२ रुपैयाँ बचत निक्षेप रहेको छ । १२ करोड ७६ लाख ८६ हजार ४०४ रुपैयाँको कारोबार गरेको सहकारीको जगेडा कोषमा एक करोड २३ लाख ८५ हजार ३८५ रुपैयाँ रहेको छ ।