हेटौंडा \ हेटौंडा २ संगमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारीले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रम विहीबार समापन भएको छ ।

सहकारीले शेयर सदस्य लक्षित सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरेको थियो । सहकारीले २ गते बाल सदस्यहरुलाई बोलाई सीप प्रतियोगिता तथा वनभोज कार्यक्रम, जेठ ३ गते देखी ९ गते सम्म महिला सदस्यहरुलाई क्रीस्टलका गहना तथा हेयर एसोसरिज बनाउने तालिम, ९ गते युवा शेयर सदस्यलाई साइवर सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताईन् ।

१० गते सहकारीले विविध विधामा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विहीबार भने गणतन्त्र दिवसको पनि अवसर पारेर रक्तदान कार्यक्रम गरिएको उनले बताईन् । हेटौंडा अस्पताल परिसरमा भएको कार्यक्रममा १८ जना रक्तदानले गरेका थिए । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।