हेटौंडा \ सहकारी संघसंस्थालाई सुदृढीकरण तथा व्यवस्थापनका लागि ३ दिने तालिम हेटौंडामा भएको छ । मकवानपुर जिल्ला सहकारी संघसँगको सहकार्यमा सहकारी तथा गरिवी निवारण मन्त्रालयले संयुक्त रुपमा तालिमको आयोजना गरेको थियो ।
जिल्लामा रहेका बचत तथा ऋण, साना किसान, बहुउद्देश्यीय र दुग्धजन्य सहकारीका अध्यक्ष व्यवस्थापकहरुको सहभागितामा तालिम सञ्चालन भएको थियो । ७० जना सहभागी रहेको तालिमलाई बचत तथा ऋण सहकारी संघ बागतमी प्रदेशका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले सहजीकरण गरेका थिए । तालिम संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो ।

