हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औँ स्थापना दिवस (रजत जयन्ती)को अवसरमा विविध कार्यक्रम अन्तरगत शुक्रबार बृहत रक्तदान कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष मीना थापाको अध्यक्षता तथा वडा १३ का अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा भएको खुला रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

संस्थाले रजत जयन्तीको अवसर पारेर विभिन्न कार्यक्रमहरु सार्वजनिक समेत गरेको छ । बैशाख ४ गते स्थापना भएको सहकारीले गत चैत्र ८ गते वृहत स्वास्थ्य शिविर गरिसकेको छ भने शुक्रबार रक्तदान कार्यक्रम, २९ गते किशोरी बचतकर्ताहरुलाई आत्मरक्षा सम्बन्धी तालिम कार्यक्रम, ३० गते हाजिरी जवाफ, वैशाख १ गते फलफूल वितरण कार्यक्रम, २ गते बालबचतकर्ताहरुको खेलकुद प्रतियोगिता र ४ गते विविध विधाहरुमा सम्मान तथा पुरस्कार वितरण र समापन कार्यक्रम रहेको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन् ।
कार्यक्रममा वडा सदस्य सानुमाया नेपाली, चुरेहिल सिएमसी अस्पतालका डा. बाबु सद्दाम हुसेन, नेपाल रेडक्रस सोसाइटीका प्राविधिक टोलीहरुको आतिथ्यता रहेको थियो ।

