हेटौंडा \ हेटौंडा ७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु वाईबा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा रामशरण गौतमलाई पराजित गर्दै वाईबा अध्यक्षमा निर्वाचित भएका हुन् । वाईबाले एक हजार ६१७ मत प्राप्त गर्दा गौतमले एक हजार १३८ मत प्राप्त गरेका थिए । निर्वाचनमा दुई हजार ८८७ मत खसेको थियो । जसमा ३३ मत बदर भएको थियो ।

त्यस्तै उपाध्यक्षमा खडानन्द चौलागाई निर्वाचित भएका छन् । उनले एक हजार १९० मत प्राप्त गर्दा निकटतमप्रतिद्धन्द्धी दीप प्रसाद अधिकारीले एक हजार ३३ मत प्राप्त गरेका थिए । र अर्का उम्मेदवार सीताराम प्रधानले ३६९ मत प्राप्त गरेका थिए ।

May be an image of one or more people and wedding

त्यस्तै, कोषाध्यक्षमा मोनिका पौडेल विजयी भएकी छिन् । उनले एक हजार ६४१ मत प्राप्त गर्दा भीमसेन गौतमले एक हजार ३५ मत प्राप्त गरेका थिए । लेखा समिति संयोजकमा विष्णुप्रसाद अर्जेलले एक हजार ८१९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कविन पन्तले भने ७८८ मत प्राप्त गरेका थिए ।
अन्य पदमा भने निर्विरोध चयन गरिएको छ । जसमा सचिव युवराज गौतम, सदस्यहरुमा अम्बिका कार्की, ध्रुवकृष्ण कुवँर, उर्मिला चौलागाई, सरस्वती थापा र विजयता सापकोटा रहेका छन् । लेखा समिति सदस्यमा भने सौरभ अधिकारी र कुसुम रिजाल चयन गरिएको छ । निर्वाचन ऋण उपसमितिको सदस्यहरुमा भने कृष्णप्रसाद दाहाल र भक्तबहादुर केसी चयन भएका छन् ।

गत पुस २६ गते संस्थाको २६ औं वार्षिक साधारण सभा भएको थियो । उक्त सभामा सर्वसम्मत समिति चयन नभए पछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएता पनि फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागु भएकाले चैत्र १३ गते ४ वटा पदको निर्वाचन गरिएको हो ।