काठमाडौं \ गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको हेटौंडाको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन नो कम्प्रोमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

नो कम्प्रोमाइजको बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतना मुलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिवद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओ.पी.सी सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । आफ्नो गुणस्तरको कारणलेनै शिवम् सिमेन्टले, सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।

सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ । उद्योगका प्रतिनिधिका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरु समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन् ।

आफ्नो अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य तथा सिद्धान्तकोे मामलामा सम्झौता गर्नुृ हुदैन भन्ने जनचेतनामुलक सन्देश सहित सार्वजनिक गरिएका यस विज्ञापन दर्शकहरु माझ प्रभावशाली बनेका थिए ।