हेटौंडा उपमहानगर वडा नम्बर १५ मा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २२ करोढ ५३ लाख ८५ हजार ६४८ रुपैयाँ ऋण लगानी गरेको छ ।
कृषि, पशुपालन, भवन तथा आवास निर्माण, व्यापारिक, वैदेशिक रोजगार, शैक्षिक, हायर पर्चेज, आपतकालीन, सामाजिक,घरेलु तथा साना उद्योग शीर्षकमा कर्जा लगानी गर्न गरिएको संस्थाका व्यवस्थापक सावित्री रुम्बाले बताइन् ।
कोभिड कहरका कारणले सात दिन विभिन्न टोलटोल समुहमा सभा सञ्चालन गरि आइतबार समापन गरिएको हो । हेटौंडा उपमहानगरका आर्थिक विकास शाखाका प्रमुख दुर्गाप्रसाद न्यौपानेको प्रमुख अतिथ्यतामा भएको सभाको समापन कार्यक्रममा जेष्ठ शेयर सदस्य छलीमाया स्याङ्तान र गंगादेवी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोहि अवसरमा खुत्रुके बचत कर्ता रेश्मा गोङ्बा, रिजन मोक्तान र नियमित बचतकर्तामा कमला तामाङ, शेयर खरिदकर्तामा कृष्णमाया वाइवा तामाङलाई सम्मान गरिएको थियो ।
यसैगरी ऐच्छिक बचत तर्फमा लक्ष्मी कुमारी मगर, विक्रम सिं लामा, शर्मिला रुम्बा, आइतीमाया स्याङ्तान, ज्योती स्याङ्तान संगीता भोम्जनलाई सम्मान गरिएको थियो ।
त्यस्तै असल ऋणीतर्फ बिमला मोक्तान दोङ, शोभा अधिकारी, सञ्चमाया मोक्तान, इन्दिरा भ्लोन, कुमारी माया भोलन, जुनु कुमारी क्षेत्रीलाई सम्मान गरिएको थियो । ससहकारीले संस्थापक अध्यक्ष लिलामाया थिङ, पूर्व अध्यक्ष मञ्जुकुमारी थिङ, निवर्तमान अध्यक्ष कुमारी श्रेष्ठ र कोषाध्यक्ष विनिता वैज्युलाई दोसल्लसा ओढाएर सम्मान गरिएको थियो ।
३ हजार १०७ सदस्य रहेको सहकारीको २ करोड ५९ लाख १६ हजार ८०० शेयरपुजीँ रहेको छ भने संस्थाको बचत रकम २० करोड ८७ लाख ८९ हजार ७५५ रहेको व्यवस्थापक रुम्बाले बताइन् ।
सहकारीले कोभिड कहरका बीच पनि विभिन्न कार्यक्रम गरेको छ । कोभिड महामारीमा सहकारीको अवस्थामा बारे छलफल, समवेदना कार्यक्रम, सुसांकिकरण र जनशक्ति व्यवस्थापन,सदस्यता विस्तार, लघुवित्त कार्यक्रम, बचत र ऋण व्यवस्थापन, सदस्य राहातकोष, सुत्केरी भेटघाट कार्यक्रम,जेष्ठ शेयर सदस्य सम्मान, घरदैलो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष जानुका दुवाडीले बताइन् ।
समापन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्रप्रसाद ढुङ्गाना, वडा १५ वडा सदस्य तथा निवर्तमान अध्यक्ष कुमारी श्रेष्ठ, संस्थापक अध्यक्ष लिलामाया थिङ, पुर्व अध्यक्ष मञ्जुकुमारी थिङ, महिला जनशक्ति साकोसका अध्यक्ष जुना दङ्गाल, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष उर्मिला कार्की,दिव्य सेवा निकेतन जेष्ट आश्रालयका केन्द्रीय अध्यक्ष तेजप्रसाद निरौला, रातोमाटे टोलविकासका अध्यक्ष राजु श्रेष्ठ, सहकारीका निवर्तमान कोषाध्यक्ष विनिता वैज्यु, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष जानुका दुवाडीको अध्यक्षतामा साधारणसभा समापन कार्यक्रम भएको थियो ।

