December 12, 2024
पुस ३०, २०७८

हेटौंडा  \ मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ८ औं वार्षिक साधारण सभा शुक्रबार हेटौंडामा भएको छ । संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।

जिल्लाभित्र रहेका १९ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु आवद्ध रहेको संघमा एक लाख १५ हजार शेयरपुजीँ रहेको छ । सहकारी पसल सञ्चालन गर्दै आइरहेको संघमा बचत निक्षेप भने २० लाख ६७ हजार ७६५ रहेको छ । सभामा संस्थाका अध्यक्ष रामहरी न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/०७९ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।

सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राधा सिन्तान, नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङ, शिवम सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक सनद गोतामे लगायत सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *