काठमाडौं \ नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।
साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।