April 20, 2024
पुस २९, २०७८

काठमाडौं \  साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेकाे छ ।

नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।

शेयर काराेबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिकाे शेयर काराेबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार काराेबारबाट २२४ कम्पनीका १ कराेड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ ।

जसअनुसार काराेबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर काराेबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *