March 29, 2024
पुस २७, २०७८

हेटौडा \  हेटौडा–१७ राजेदवीमा रहेको राजेदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले संस्थागत प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन,ऋण उपसमितिका संयोजक टिका कार्कीले ऋण उपसमितिको प्रतिवेदन,शिक्षा उपसमितिकी संयोजक सरस्वती पुडासैनीले शिक्षा उपसमितिको प्रतिवेदन र व्यवस्थापक घनश्याम दाहालले आर्थिक वर्ष २०७७।०७८ को लेखापरिक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष२०७८।०७९ को लागि ६ करोड २६ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा असली बचतकर्तामा शारदा तिमल्सिना र अर्जुन आचार्य,गुणस्तरीय दूध विक्रीमा कमला परियार र बढी दूध विक्री गर्नेमा बलराम अधिकारी, टिका कार्की, र सावित्री सञ्जेललाई पुरस्कृत गरिएको थियो ।मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, वडा सदस्य भीमप्रसाद अधिकारी, किसान दुग्ध उत्पादक सहकारीका अध्यक्ष उद्धव सत्याल, राजेदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल, राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डे, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।सहकारी संस्थामा ३ सय ८३ जना शेयर सदस्यहरु रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *