हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको कुर्ले कृषि सहकारी संस्थाको नवौँ वार्षिक साधारण सभा आइतवार भएको छ ।
साधारण सभामा सहकारीका अध्यक्ष कृष्ण प्रसाद हुमागाईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहरकारीको आफ्नै भवनमा भएको कार्यक्रममा कोषाध्यक्ष माया तामाङ्, सचिव राजकुमार खड्का, लेखा संयोजक गोपाल गौतम,ऋण समिति संयोजक कृष्ण प्रसाद तिमल्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
९३ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ५९ लाख ६५ हजार २ सय रूपैया कारोबार गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्वाको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा साधाराण सभा भएको थियो । त्यस्तैसभामा गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत कार्यक्रममा विभिन्न संघ संस्था, टोल विकासका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै उक्त साधारण सभाले पुन: कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन गरेको छ ।