हेटौंडा \ हेटौंडा २ मा रहेको दिव्य तारा बहुउद्देश्यीय सहकारीको २३ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सहकारी संस्थाका जेष्ठ शेयर सदस्य आत्मादेवी कोइरालाको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय(डिना)को सभाध्यक्षतामा सभा भएको थियो ।

सभामा सहकारीले विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । दोसल्ला ओढाएर जेष्ठ शेयर सदस्य मानबहादुर जिम्बा र मोहनदेवी डंगोललाई सम्मान गरिएको थियो भने उत्कृष्ट बचतकर्तामा रम्मादेवी श्रेष्ठ, धनप्रसाद घर्तिमगर, सुरेश प्रसाद मैनाली, ईश्वरी ढकाल, जेनिशा खतिवडा, सुनित लामा, सोहम खड्कालाई सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट ऋणीमा राजकुमार वाइवा र शर्मिला गोले रहेका छन् । उत्कृष्ट विद्यार्थी सम्मानमा श्रृष्टि चौलागाई, कन्चन अधिकारी, मिलिसा भेटवाल, एन्जिला थापा, स्वीकृति पौडेल, शशि ढकाल रहेका छन् । त्यसैगरी सहकारीले संस्थामा कार्यरत २४ जना बजार प्रतिनिधिलाई सम्मान गरेको छ ।

May be an image of one or more people, people sitting and people standing

मकवानपुरको हेटौंडामा मुख्य कार्यालय सञ्चालन गरी जिल्लामा हेटौंडा १९ सान्नानीटार, हेटौंडा १८ रामधुनी, हेटौंडा १३ पदमपोखरी, हेटौंडा ८ कमाने, मकवानपुरगढी २ शिखरकटेरी, मनहरी ७, बागमती २ राइगाउँ, थाहानगर ३ शिखरकोट र इन्द्रसरोवर २ देवलटारमा सेवाकेन्द्र सञ्चालन गरि सेवा प्रदान गर्दै आइरहेको छ । मकवानपुरमा मात्र नभइ सहकारीले चितवनको भरतपुर १० चौविसकोठी र ललितपुर महानगर ४ बागडोलमा आफ्नो सेवा केन्द्र सञ्चालन गर्दै आइरहेको छ ।

May be an image of 6 people and people standing

११ करोड ४९ लाख ६८ हजार तीन सय शेयर पुजीँ रहेको सहकारीले आव २०७७/०७८मा आफ्ना शेयर सदस्यलाई ९१ करोड ३२ लाख, ५६ हजार ९५५ कर्जा लगानी गरेको छ । ४ हजार १८९ महिला र ४ हजार ५९० गरी ८ हजार ७८६ जना शेयर सदस्य रहेको संस्थामा ५१ करोड ४२ लाख ६७ हजार ७४९ बचत निक्षेप रकम रहेको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

सभामा भौतिक पूर्वाधार राज्यमन्त्री सन्त चेपाङ, बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने लगायत विभिन्न संघसंस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।