December 3, 2023
पुस २३, २०७८

सिटिजन्स बैंक लिमिटेडले कार्डलेस् विड्र सेवा सुरु गरेको छ । बैंकले शुक्रबारदेखि विधिवत् रूपमा कार्डलेस क्यास विड्र सेवाको शुभारंभ गरेको हो । योसँगै अब बैंकका सेवाग्राहीले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड मार्फत सजिलै एटीएम्बाट पैसा निकाल्न सक्नेछन् । यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले जनाएको छ ।

शुक्रबार एक समारोहकाबीच कार्डलेस विड्र सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।

उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताए । बैंकले यस अघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने,  मुद्दती खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

हाल सिटिजन्स बैंकको देशैभरीबाट १७४ वटा शाखाहरू मार्फत करिब १३ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान भइरहेको बैंकले जनाएको छ । साथै, निकट भविष्यमा नै बैंकले काठमाडौँ उपत्यका भित्र थप ६ वटा शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *