December 3, 2023
पुस १४, २०७८

हेटौंडा \ नेपाली कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले स्वागत एवम् सम्मान गरेको छ ।

सहकारी संस्थामा एक कार्यक्रमका बीच सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी डीनालाई स्वागत सम्मान गरेको हो । कांग्रेसको १४ औँ महाधिवेशनबाट डीन केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् ।

त्यसैगरी सहकारी संस्थाका शेयर सदस्य सन्तबहादुर प्रजालाई पनि सहकारीले स्वागत सम्मान गरेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका प्रजालाई सहकारीले सम्मान गरेको हो ।

स्वागत सम्मान कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली, सहकारी संस्थाका उपाध्यक्ष डा. गणेश बल लामा, सचिव गणेश प्रसाद भेटवाल, सदस्यहरु निलम बजगाई, लक्ष्मी श्रेष्ठ, सर्मिला डंगोल, सहकारी संस्थाको व्यवस्थापक रमेश कोइराला लगायत संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *