March 29, 2024
पुस १३, २०७८

काठमाण्डाै \  हिजो साेमवार ७० अङ्कले घटेको नेप्से आज मङ्गलवार पनि ओरालो लागेको छ । नेप्से आज दुई दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय १८ दशमलव ९९ विन्दुमा झरेको छ ।

आज व्यापार, फाइनान्स, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत् र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

आज दुई सय ३० कम्पनीका ५८ लाख २८ हजार कित्ता शेयर तीन अर्ब १२ करोड ५५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज गोर्खाज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *