February 19, 2025
पुस १२, २०७८

हेटौंडा \ हेटौंडा ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।

सोमबार संस्थाले २३ औं स्थापना दिवसको अवसरमा विहान रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

सहकारीको समुदायप्रतिको उत्तरदायित्व सिद्धान्तमा रहेर रक्तदानको आयोजना गरिएको संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए । उनकै अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा १९ जना पुरुष र १० जना महिला गरी २९ जनाले रक्तदान गरेका थिए ।

No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *