February 19, 2025
पुस ११, २०७८

हेटौंडा \  हेटौंडा–१ स्थित सितु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार भएको ११ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

अधिवेशनबाट सहकारीको उपाध्यक्षमा सुमित्रा श्रेष्ठ मानन्धर, सचिवमा महेश श्रेष्ठ, सहसचिवमा सानुकाजी महर्जन र कोषाध्यक्ष शोभा श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यमा रितु प्रधान, रञ्जु श्रेष्ठ, विक्रमलाल श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ, सुस्मा श्रेष्ठ, विश्वेश्वर श्रेष्ठ चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा धिरेन्द्र शाक्य चयन हुनुभएको छ ।

सहकारीका निवर्तमान अध्यक्ष महारत्न बज्राचार्यको अध्यक्षता तथा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *