हेटौंडा \ हेटौंडा–२, बुद्धचोकस्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्षता तथा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
सहकारीले सभाको अवसर पारेर असल बचतकर्ता जयडु डोल्मा लामा, ज्ञान्तादेवी बानियाँ, देवबहादुर काफ्ले र इन्द्र बहादुर ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै, असल कारोबार गर्ने नानीमाया थापा र अभिमन्यु प्रसाद जैसवाललाई सम्मान गरिनुका साथै संस्थाका कर्जा अधिकृत उपेन्द्र न्यौपानेलाई सम्मान गरिएको थियो ।

सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा साढे १४ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ । सहकारीले कुल १४ करोड ५२ लाख १३ हजार ६५९ रुपैयाँ कारोबार गरेको । असार मसान्तसम्ममा १ सय २७ जना महिला र ३ सय ३० जना पुरुष गरी ४ सय ५७ जना शेयर सदस्य संस्थामा रहेका छन् भने शेयर पुँजी ३ करोड ५ लाख ८ हजार रुपैयाँ रहेको प्रतिवेनमा उल्लेख रहेको छ । सहकारीले १० करोड ४० लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी आफ्ना शेयर सदस्यलाई ११ करोड ९६ लाख ६८ हजार ५६२ ऋण लगानी गरेको छ ।
यस्तै सहकारीले १ करोड ६६ लाख रुपैयाँ आम्दानी गर्दा १ करोड ६३ लाख २२ हजार रुपैयाँ खर्च गरी २ लाख ७७ हजार ८४१ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका मकवानपुर शाखा प्रबन्धक रामेश्वर अर्याल, गोर्खा साकोसका अध्यक्ष चक्रधर विडारी, वडा नम्बर का वडा सदस्य महेश्वर श्रेष्ठ, संस्थाको लेखा संयोजक विष्णुप्रसाद न्यौपाने लगायतको अतिथ्यता रहेको थियो ।

