September 7, 2024
पुस १०, २०७८

हेटौंडा \ हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छिन् । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

सहकारीको सचिवमा बालकृष्ण न्यौपाने, कोषाध्यक्षमा राजेन्द्र प्रसाद पुडासैनी र सदस्यमा ज्योति काफ्ले चयन भएका छन् । निवर्तमान कोषाध्यक्ष राजेन्द्र मैनालीले राजिनामा दिएपछि उनको स्थानमा कार्यसमिति सदस्यमा रहेका पुडासैनीलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।

No description available.

बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख अतिथ्यतामा भएको सभामा ११ जना सेयर सदस्यहरुलाई सम्मान गरेको छ । जेष्ठ सदस्यतर्फ टिका कुमारी अर्याल र खेमनाथ घिमिरे, बाल बचत तर्फ रसिम श्रेष्ठ, नियमित तथा असल बचतकर्ता विवेक भट्टराई सञ्जु श्रेष्ठ, राजकुमार कार्की र प्रमेश राईलाई सम्मान गरिएको थियो । त्यस्तै, असल ऋणीतर्फ फुलमाया तामाङ, सितादेवी दास, धनशंकर खतिवडा, धर्मराज ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति र नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष निर्वाचित रश्मि बस्नेतलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।

सहकारीले आ.व. २०७७/०७८ मा १४ करोड २१ लाख ३१ हजार ८५९ रुपैयाँको कारोबार गरेको छ । २ करोड ३ लाख ३५ हजार ४०० शेयर पुजीँ रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई १२ करोड ५६ हजार ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा १ हजार ३७१ जना पुरुष र ८ सय महिला गरी २ हजार १ सय ७१ जना शेयर सदस्य छन् ।

No description available.

सहकारीका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा भएको साधारण सभामाबागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक रामेश्वर अर्याल, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेल, मकवानपुर घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *