
हेटौंडा \ हेटौँडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभा शनिबार भएको छ।
सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता भएको साधारणसभाको हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले उदघाटन गरेका थिए। सहकारी संस्थाले यस वर्ष मिडिया हाउस देखी संस्थामा सहयोग पुर्याउने विभिन्न १४ जनालाई सम्मान गरेको छ।
संस्थाले निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, गिता अधिकारी, एकल महिला तर्फ पुर्णकुमारी तिमल्सिना,बढी व्याज बुझाउने तर्फ गंगादेवी धिताल, बढी सेवा शुल्क बुझाउने बुद्ध रत्न मानन्धर, खुत्रुकेमा बढी बचत गर्ने तर्फ आदेश गौतम, खुत्रुके नियमित बचत तर्फ शुलभ हुमागाईलाई सम्मान गरिएको थियो ।
त्यसैगरी सहकारीले यस वर्ष पत्रकारिता पुरस्कारबाट साझाकुरा राष्ट्रिय दैनिक पत्रिकालाई नगद सहित सम्मान गरेको छ। त्यसैगरी सहकारीले व्यवसायी तर्फ राजकुमार श्रेष्ठ र संस्थालाई टिभि सहयोग गर्ने सरोज न्यौपानेलाई पनि सम्मान गरेको थियो ।
सहकारीलाई हेटौंडा १७ निवासी समाजसेवी युवा नवराज न्यौपानेले नगद सहयोग गरेका छन। न्यौपानेले सभामै सहकारीको ट्रस्ट निर्माणका लागि नगद ५० हजार सहयोग गरेका हुन् । स्थानीय दिव्यज्योती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका न्यौपाने नेपाली कांग्रेस हेटौंडा १७ का वडासभापति पनि हुन।
त्यस्तै, सहकारीले २३ औं साधारणसभा मार्फत निर्वाचन समिति तर्फ संयोजक हिमाल पौडेल, सदस्य भवनाथ गौतम र रुपेश दुलाललाई सम्मान गरेको छ।सहकारीले सम्माननीत सबैलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको थियो ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, हेटौंडा ६ वडासदस्य राजकुमार बास्तोला,हेटौंडा १७ का वडासदस्य टिका प्रसाद तिमल्सिना, सहकारीका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, नौलो विहानी कृषि ऋण सहकारी संस्थाका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वन उपभोक्त समूह उपाध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वन उपभोक्त समूह उपाध्यक्ष कल्पना पराजुली, नारी चेतना वचत तथा ऋण सहकारीका उपाध्यक्ष राधिका गौतम, दिव्य ज्योती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नवराज न्यौपाने, सहकारीका सल्लाहकार गौरव पराजुली लगायत सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
२३ औं साधारणसभामा सहकारीका लेखा सुपरिवेक्षण सदस्य केदार गौतमले आर्थिक वर्ष २०७७।७८ को लेखा परीक्षण प्रतिवे त्यसैगरी सहकारीका अध्यक्ष उदय विडारीले संस्थाको संस्थागत प्रतिवेदन,ॠण उप समिति सदस्य रुपेश दुलालले ॠण समितिको प्रतिवेदन र खुत्रुके बचत उप समिति संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीले आर्थिक वर्ष २०७७/७८ मा २ करोड ७८ लाख ९४ हजार १४९ रुपैंयाको कारोबार गरेको छ। २०५५ सालमा स्थापना भएको सहकारीमा ५९६ सेयर सदस्यहरु रहेका छन्।