March 29, 2024
पुस ८, २०७८

काठमाण्डाै \  सनराइज बैंकले सहकारीका ग्राहकले पनि भिसा डेबिट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ ।

आज बुधवार बैंकले काठमाण्डाैमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकले पनि भिसा डेबिट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो । याे सेवा विस्तारका लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता गरेको छ ।

कार्यक्रममा बोल्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले चार वर्षको प्रयासपछि सहकारीमा भिसा डेबिट कार्ड प्रयोगमा ल्याउन सफल भएको बताउनुभयो ।

सीईओ शर्माले नेपाल सरकार तथा केन्द्रीय बैंकले मौद्रिक नीतिमा नै सहकारीलाई पनि डिजिटल बैंकिङ कारोबारका ल्याउने योजनाअनुसार यो कार्यक्रम सनराइज बैंकले सुरु गरेको बताउनुभयो । उहाँले सहकारी र बैंकबीचमा भिसा तथा डेबिट कार्डमार्फत भुक्तानी गर्ने सक्ने व्यवस्था दक्षिण एसियामा नै पहिलो भएको बताउनुभयो । सीइओ शर्माले यो कार्यले सहकारीमा समेत ग्राहकको विश्वास बढ्ने बताउनुभयो ।

बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेबिट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ । भिसा ब्रान्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकका लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ । सनराइज बैंकले यो परियोजना अन्तर्गत जारी हुने कार्डमार्फत हुने कारोबारका लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *